झापामा ४ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु


सुरुङ्गा- झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका–३, झाँटीका मानबहादुर दर्जीकी छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो।

उनका अनुसार आइतबारदेखि हराइरहेकी विष्णुमाया सोमबार घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ।

प्रतिक्रिया