
एमालेको मञ्चमा युवा नै भेटिँदैनन्, जेनजी त परको कुरा: विष्णु रिजाल
काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रमहरूमा युवाहरूको सहभागिता घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पहिले-पहिले कार्यक्रममा भेटिएका बुढापाकाहरूलाई हतार-हतार मञ्चमा लगेर आसनग्रहण गराउने चलन रहेको स्मरण गर्दै उनले अहिले समय परिवर्तन भएको र ती बुढापाकालाई सम्मानपूर्वक मञ्चमा आसन गराउनका लागि पनि कार्यक्रम स्थलमा युवाहरू भेटिनै छाडेको बताएका हुन् ।
“हाम्रा पार्टी कार्यक्रममा पहिले-पहिले बुढापाका भेटिए हतार-हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो। अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन-जी पुस्ता त परको कुरा।” उनले भनेका छन् ।



कागजपत्र |
