
जेनजी आन्दोलनमा आगजनी गरिएका सवारीसाधन सिंहदरबारबाट हटाइँदै
काठमाडौं- गत भदौ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम शुरू गरिएको छ । विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएका सयौँ सवारी साधन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद भवन) को परिसर भित्र राखिने भएको छ ।
हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भइरहेको छ भने केही दिनभित्र सिंहदरबार भित्रको जलेका सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।



कागजपत्र |
