
जेन-जी प्रदर्शनपश्चात् कांग्रेसको पहिलो औपचारिक बैठक
पाटन – जेन-जी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति भौतिक उपस्थितिमा बसेको छ । सानेपास्थित पार्टी कार्यालयमा आज बसेको बैठक उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको हो ।
बैठकमा पार्टी पदाधिकारी र नेताहरू सहभागी भएर पछिल्लो राजनीतिक परिस्थितिबाट सुरु गरी जनजीविकासम्बन्धी चुनौती र आन्दोलनपश्चात् पार्टीको भूमिकाबारे धारणा राखिरहेका छन् ।
भदौ २२ र २४ गते भएको जेन-जी प्रदर्शनले मुलुकभर राजनीतिक चर्को तरंग ल्याएपछि कांग्रेसले पहिलोपटक औपचारिक बैठकमार्फत आन्तरिक मूल्यांकन थालेको छ । बैठकमा आन्दोलनको कारण, त्यसले उत्पन्न गरेको प्रभाव र पार्टीको रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।



कागजपत्र |
