
बिलबिजक बिना सुनचाँदी नकिन्न काठमाडौं प्रहरीको आग्रह
काठमाडौं – जेन–जी आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा भएको चोरी र लुटपाटपछि काठमाडौं प्रहरी परिसरले बिलबिजक बिना सुनचाँदीका गरगहना नकिन्न व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरी परिसरले बुधबार जारी गरेको सूचनामा आन्दोलनका क्रममा सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिगत घरमा भएको आगजनी र तोडफोडसँगै सुन, चाँदी, हिराजवारत चोरी र लुटपाट भएको विवरण आएको जनाइएको छ।
“लुटिएका गरगहना अपराधी समूहले राजधानीका सुनचाँदी पसलमा ल्याई बिक्री गर्ने सम्भावना रहेकाले बिलबिजक बिना गरगहना खरिद नगर्नुहोस्। यस्तो कार्यमा संलग्न पाइए प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,” सूचनामा उल्लेख छ।
त्यस्तै, कुनै शंका लाग्दो गरगहना खरिद–बिक्री सम्बन्धी सूचना प्राप्त भएमा तत्काल प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्बर ९८५१२८३०१२, वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन पनि प्रहरीको अनुरोध छ।




कागजपत्र |
