बैतडीको सुर्नया नदीमा किशोरी मृत फेला


बैतडी- बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा ५ का अध्यक्ष केशव बहादुर बिष्टले बताए ।

असोज १ गते बिहान चन्दको शव नदीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिए।

किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया