बग्गीखानामा गृहमन्त्री अर्याल, उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन


काठमाडाैं – गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मंगलबार निरीक्षण गर्दै मन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन निर्देशन दिएका हुन् ।

गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए ।

अर्यालले ट्राफिकका भवन निर्माण लगायतका सम्बन्धमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायत अन्य युनिट जलेर ध्वस्त भएका थिए । ट्राफिक पोशाक र साधन समेत जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया