आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्षमा हेमन्त राई


काडमाडौं – आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रिय अदक्ष्यमा हेमन्त राई निर्वाचित भएका छन । बुटवलामा सम्पन्न भएको महासङ्को ५औ संघीय महाधिवेशनबाट खोटाङका राई अत्यधिक बहुमतले अध्यक्षमा निर्वाचित भएका हुन ।

उनले ८५ मत प्राप्त गरेकाअ थिए भने प्रतिद्वन्दी कुमार प्रधानले २९ मत प्राप्त गरेका थिए । राई समाजवादी प्रखर युवा नेता हुन । त्यस्तै बारीस्ठा उपाध्यक्ष्यमा सोलुखुम्बुका मुलिवा नाछिरिङ्ग,संघीय उपाध्यक्षमा हिलारी बन्धु भुजेल, कोशाध्यक्षमा दोलखाका मानबहादुर सुनुवार, महासचिवमा सिन्धुलीका किरन श्रेष्ठ, उपमहासचिवमा राकेश गुरुङ्, यस्तै सचिवमा – महेश्वर लिम्बु,सन्जिव मोक्तान ,घम्बा तामाङ , मन बहादुर भुजेल , राधिका श्री श,दिल बहादुर चौधरि ,केन्द्रिय सदस्यमा राम बहादुर अस्लामी मगर निर्वाचित भएका छन ।

आदिवासी जनजाती महासंघको अध्यक्ष्य जगत बरामकोप्रमुख आतिथ्यमा सुरु भएको महाधिवेशनमा आदिवासी जनजाती युवा संगठनहरूको नेतृत्व गर्ने युवाहरु, समाजसेवि, पत्रकार लगायत विशिस्ठ व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया