
लुटेराले फ्याँकेको रकम प्रहरीलाई बुझाइयो
काठमाडौं- जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको थियाे। तर, ललितपुरकाे बंगलामुखी बस्ने सुरेश देउलाले लुटेराहरूले फ्याँकेको रकम प्रहरीलाई बुझाएका छन्।
भदौ २४ गते साँझ बैंकमा लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्। सुरेशले लुटपाटको भिडियो खिच्दै प्रहरीलाई सोधेका थिए, “यसरी बैंक लुट्न मिल्छ?”
प्रहरीका अनुसार बानेश्वरमा लुटपाटमा संलग्न ५ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ र अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ।




कागजपत्र |
