जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, १९० भन्दा बढी घाइते


काठमाडौं- जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् । उनले थप १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

मुख्य सचिव अर्यालले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार गर्ने, आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको बताएका छन् ।

उनका अनुसार हालसम्म अधिकांश जिल्लामा सरकारी र निजी भवनमा तोडफोड भएको विवरण प्राप्त भएको छ ।

प्रतिक्रिया