७३० राउण्ड गोलीसहित बनेपाबाट ८ जना पक्राउ


बनेपा – काभ्रेको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।

त्यसैगरी परिचय खुल्न बाँकी १८ वर्षीय किशोर, १५ वर्षीय बालक रहेको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गोली सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया