
सुशीला कार्की प्रधानमन्त्री बनेसँगै उपत्यकाबाट सेना फिर्ता
काठमाडौं – अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्की प्रधानमन्त्री बनेसँगै उपत्यकामा तैनाथ नेपाली सेना ब्यारेक फर्किएको छ। सडक सुरक्षाको जिम्मेवारी अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हाल्ने भएका छन्।
आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा राखिएका ब्यारिकेड सेनाले हटाएपछि सडक आवागमन सहज बनेको छ। ट्राफिक प्रहरी सामान्य ढंगले ड्युटीमा फर्किएपछि उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
गत केही सातादेखि देशभर फैलिएको आन्दोलन नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको थियो। तर नयाँ राजनीतिक सहमति र परिस्थितिको सुधारसँगै सेनालाई सडकबाट हटाइएको हो।



कागजपत्र |
