
प्रहरीको बन्दुक खोसी प्रदर्शन गर्नेलाई स्थानीयले गरे रामधुलाई !
जेनजी आन्दोलनका नाममा फाइदा लुट्नेलाई कारबाही गर्न माग
काठमाडौं – जेनजीको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट हतियार खोस्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
दुई दिने आन्दोलनको दोस्रो दिन भड्किएको हिंसापछि भएको लुटपाटमा केहीले सुरक्षाकर्मीबाट हतियार लुटेका थिए । हतियार लुटेर प्रदर्शन गर्दै फोटोसेसन समेत गरेका लुटेराहरुले पनि गोली चलाएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।
यसै क्रममा मंगलबारको आन्दोलनपछि सुरक्षाकर्मीको बन्दुक लुटेका एक युवकलाई राजधानीको गौरीघाटका स्थानीयले मध्यरातमा नियन्त्रणमा लिएका छन् । उनले बन्दुक प्रहरीलाई बुझाएर आएको भनेका थिए तर उनको साथबाट अन्य हतियारसमेत बरामद गरिएको थियो । उनले आफूसँग बन्दुक भएको स्वीकारेको र प्रहरीलाई बुझाएको जनाएका थिए । तर, उनले हतियार बुझाए वा बुझाएनन् त्यसको पुष्टी भइसकेको भने छैन । स्थानीयले उनको झोला खानतलासी गर्दा फलामको डण्डी, प्रहरीको जुत्तालगायतका सामाग्री बरामद भएको थियो ।
जेनजीका नाममा भएको आन्दोलनमा यस्ता किसिमका आपराधिक मानसिकताका युवाहरुले फाइदा लिइरहेका छन् । त्यसैले अन्तरिम सरकार गठन भइसकेको अवस्थामा आन्दोलनका क्रममा भएका आपराधिक कार्यहरु जस्तै हतियार लुट्ने, जेलबाट भाग्ने, कीर्ते गरी जेलबाट बाहिरिने जो कोहीलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।
रवि लामिछानेले प्रक्रियागत रुपमा आफू जेलबाट निस्किएको दाबी गरिरँदा उनले सार्वजनिक गरेको पत्र आधिकारिक नभएको जेल प्रशासनले जनाइसकेको छ । त्यसकारण उनलाई सरकारी कागज कीर्ते गरेको भन्ने अभियोगमा समेत कारबाही गरिनुपर्ने माग आइरहेको छ ।
त्यस्तै स्थानीयले जेनजीले गरेको आन्दोलनको आडमा आम जनताको सहकारीमा रहेको करोडौं रकम ठगी गरेको अभियोगमा जेलमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पनि यथाशीघ्र पक्राउ गरेर कारबाहीको मागको आवाज उठाउन थालेका छन् । लामिछाने जेलबाट निस्किएपछि देशभरका करिब १४ हजार कैदीहरुले जेल तोड्दै निस्किएका थिए । कतिपय कैदीहरुले ‘रवि लामिछाने छुट्न हुने हामी किन नहुने ?’ भन्दै उनलाई नजिर बनाएको समाचार सामाजिक सञ्जालमा प्रशस्तै देख्न पाइन्थ्यो ।
रवि लामिछानेले प्रक्रियागत रुपमा आफू जेलबाट निस्किएको दाबी गरिरँदा उनले सार्वजनिक गरेको पत्र आधिकारिक नभएको जेल प्रशासनले जनाइसकेको छ । त्यसकारण उनलाई सरकारी कागज कीर्ते गरेको भन्ने अभियोगमा समेत कारबाही गरिनुपर्ने माग आइरहेको छ । उनीसहित जेलबाट भागेकाहरुलाई कारागार प्रशासनले सूचना जारी गरी जेलमा आत्मसमर्पण गर्न निर्देशन दिइसकेको छ । त्यसै सुचनाका आधारमा ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त गोरे जेल फर्किसकेका छन् भने लामिछानेले भने अहिलेसम्म आत्मसमर्पण गरेका छैनन् ।



कागजपत्र |
