
पूर्वपत्नीको उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
काठमाडाैं- पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले कारागार चलानको आदेश दिएको थियो। उनी त्यसपछि गुरुङ नख्खु कारागार पुगे।
उनमाथि बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए। पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो।
गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए। उनले पूर्वपत्नीसँगै रहेकी छोरीसँग भेट्दा आफूमाथि अभद्र व्यवहार भएको दाबी गरेका थिए।



कागजपत्र |
