गोठाटारमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट शनिबार पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया