पुरुषहरुसँग विवाह गर्दै गहना लगेर फरार हुने युवतीसहित २ जना सुर्खेतमा पक्राउ


सुर्खेत – नक्कली विवाह गराएर ठगी गर्ने दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दैलेख घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाद–३ घर भइ हाल वीरेन्द्रनगर बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आमा–बुवा र छोरीको भूमिका खेल्दै विभिन्न व्यक्तिसँग विवाह गर्ने र विवाहपश्चात नगद तथा गरगहना लिएर फरार हुने गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा एउटै महिलाले फरक–फरक मितिमा धेरै पुरुषसँग विवाह गरी ठगी गरेको प्रमाण फेला परेको छ। पीडितहरूले जाहेरी दिएका थिए र त्यसपछि प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको हो।

प्रहरीले उनीहरूलाई ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया