
संसदीय सुनुवाई विशेष समिति सभापतिमा खतिवडाको उम्मेदवारी
काठमाडौं — संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् ।
राज्य व्यवस्था समितिबाट राजीनामा दिएका खतिवडाले भोली हुने समितिको सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
खतिवडाले राज्य व्यवस्था समितिबाट साउन २८ मा राजीनामा दिएका थिए । उनले राजीनामा दिए लगत्तै संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो ।
राज्य व्यवस्था समितिबाट खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति इश्वरी न्यौपानेलाई त्यहाँ लगिएको थियो ।
अहिले न्यौपाने विगत सभापति रहेको ठाउँमा खतिवडालाई ल्याउन लागिएको हो ।



कागजपत्र |
