कैलाली कारागार घटना : उपचारपछि घाइते कैदीबन्दी अलग–अलग जेलमा पठाइए


कैलाली- कैलाली कारागार प्रशासनले कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा घाइते भएका कैदीहरुलाई सातवटा विभिन्न स्थानमा स्थानान्तरण गरेको छ।

घटना क्रममा ४८ जना कैदीबन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। उपचार पश्चात निको भएका २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र अन्य स्थानमा पठाइएको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिए। साथै एक जना कैदी भुक्तानी सकेर रिहा भइसकेको छन्।

स्थानान्तरण विवरण अनुसार कञ्चनपुर र डडेल्धुरामा ६–६ जना, बाँकेको नौबस्ता र काठमाडौंमा ५–५ जना, डोटीमा ३ जना, बझाङमा ३ जना र नवलपरासीमा १ जना कैदीबन्दी स्थानान्तरण भएका छन्।

हाल १८ जना कैदीबन्दी मात्र स्थानान्तरण हुन बाँकी छन्। उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ।

प्रतिक्रिया