
एयर इन्डियाकाे विमानमा चील ठोक्किँदा यात्रुहरूमाझ हंगामा
काठमाडाैं- भारतको विजयवाडाबाट बेंगलुरु उड्न लागेको एयर इन्डिया एक्सप्रेसको विमान अचानक रद्द भएपछि यात्रुहरूमाझ हंगामा मच्चिएको छ।
दैनिक जागरणका अनुसार विमान धावनमार्गमा ट्याक्सी वे हुँदै उडानका लागि तयार भइरहेका बेला एउटा चरा ठोक्किएको थियो। एयरलाइन्सका अधिकारीका अनुसार विमानको अगाडिको भागमा चील ठोक्किएपछि उडान तुरुन्तै रद्द गर्नुपरेको हो।
चरा ठोक्किने घटना उडान सुरु हुनु अघिकै क्षणमा भएको बताइएको छ। यसले गर्दा यात्रुहरू अलमलमा परेका थिए र केहीबेर विमानस्थलमै तनावपूर्ण अवस्था सिर्जना भएको थियो।



कागजपत्र |
