
कवि दोस्ताजको ‘यो पागल दुनियाँ’ सार्वजनिक [भिडियाे]
काठमाडौं — कवि दोस्ताजको आधुनिक नेपाली गीत ‘यो पागल दुनियाँ’ सार्वजनिक भएकाे छ। प्रसाई फिल्म्सको प्रस्तुतिमा बनेको गीत बिहीबार प्रसाई फिल्म्सको आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
दोस्ताजको शब्दमा बनेको यस गीतमा गायक रवि शर्माको स्वर रहेको छ। संगीतमा शर्मासँगै कवि दोस्ताजकै संयुक्त योगदान छ भने म्युजिक प्रोड्युसर पुष्कर खत्री हुन्। गीतको रेकर्डिङ रियाज प्रोडक्सनमा भएको हो भने साजन शाहले मिक्स गरेका छन्।
मार्मिक कथा बोकेको गीतमा कलाकार सञ्जय ढुङ्गाना र ईश्वरी बरालले मुख्य अभिनय गरेका छन्। भिडियोलाई विकास प्रसाईले निर्देशन र सम्पादन गरेका हुन् भने कलरिङ कल्पेश विश्वकर्माले गरेका छन्। कथाको कन्सेप्ट विकास प्रसाई र अदित्य ठकुरीले तयार पारेका हुन्।
भिडियो छायांकन सुमन गहतराजले गरेका हुन्। सह-निर्माताका रूपमा प्रविन आचार्य रहेका छन् भने निर्माता वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रसाई हुन्।
भिडियोमा सहयोगी कलाकारका रूपमा कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनिल शर्माको अभिनय पनि देख्न सकिन्छ।
गीत सार्वजनिक भएपछि दर्शकहरूले भिडियोमा देखाइएको कथा र अभिनयले मन छोएको प्रतिक्रिया यूट्युबमार्फत दिइरहेका छन्।



कागजपत्र |
