
रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
पाँडेलाई प्रहरीले हिजाे नियन्त्रणमा लिएको थियाे। उनीमाथि एक महिलालाई इमेल र ह्वाट्सएप मार्फत यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
पाँडेलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहिसकेको बताइएको छ।



कागजपत्र |
