
कैलाली एसपी राणा हेडक्वार्टर तानिए, सिआईबीका चन्दलाई पठाईयो
काठमाडौं – प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) बालनरसिंह राणालाई काज सरुवामा प्रधान कार्यालयमा तानेको छ।
राणालाई केन्द तानिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखको जिम्मेवारीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी नरेन्द्र चन्दलाई खटाइएको छ।
बुधबार गरिएको सरुवापछि एसपी चन्दले अब कैलालीको नेतृत्व सम्हाल्ने भएका छन्।
गएको साउन २३ गते राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको थियो।
सो घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानिएको थियो।
सोही घटनाको दुई सातापछि प्रहरी प्रमुख एसपी राणालाई समेत केन्द्रतर्फ तानिएको हो।



कागजपत्र |
