
माओवादी अध्यक्ष प्रचण्ड विराटनगरमा
विराटनगर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विराटनगर पुगेका छन् ।
पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न उनी विमानमार्फत विराटनगर आइपुगेका हुन् ।
विमानस्थलमा उनलाई पार्टीका प्रदेशस्तरीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा नेता-कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको छ।



कागजपत्र |
