गाउँले होटलका सञ्चालकको चारआलीको जंगलमा भेटियो शव


काठमाडौं – दुई दिनदेखि बेपत्ता झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालकको जंगलमा शव भेटिएको छ। होटल सञ्चालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको हो।

सञ्चालक निरौला मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित दुई दिनअघि देखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापाको व्यापारिक नगरी बिर्तामोडमा ‘होटल गाउँले’ परिचित नाम हो। निरौला बिर्तामोड–५ का स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया