मानव बेचबिखन मुद्दामा फरार बस्नेत युएईमा समातिए, नेपाल फिर्ता


काठमाडौं- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहँदै फरार रहेका र इन्टरपोलमार्फत रेड नोटिस जारी भएका एक प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने, रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कल बहादुर बस्नेत रहेका छन् ।

एनसिबी आबुधाबी (युएई) को समन्वयमा बस्नेतलाई युएईमा नियन्त्रणमा लिइएको थियो । उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बस्नेतविरुद्ध एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयमार्फत २०८१ पुस ११ गते रेड नोटिस जारी गरिएको थियो ।

उनीमाथि मानव बेचबिखनसम्बन्धी कसुर बमोजिम थप कानुनी प्रक्रिया अघि बढाउन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया