
रामेछापको उमाकुण्डमा एक पुरूष मृत भेटिए
काठमाडौं – रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
उमाकुण्ड–६ स्थित खोल्सामा ४० वर्षीय प्रकाश सुनुवार मृत भेटिएका हुन् । सोमबार घर नजिकै खोल्सामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपाने नेतृत्वको टिम घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान गरिरहेको छ ।
घटनास्थल सदरमुकाम मन्थलीबाट ७५ किलोमिटर टाढा पर्छ । घरबाट करिब १ सय मिटर पर सुनुवारको शव भेटिएको थियो ।



कागजपत्र |
