
गोकर्णेश्वरको ग्रिल कारखानामा काम गर्ने युवकको करेन्ट लागेर मृत्यु
काठमाडौं – राजधानीको गोकर्णेश्वर नगरपालिका—५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
पर्सा स्थायी घर भइ हाल काठमाडाैंमा बसी काम गर्दै आएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
