तीजकाे नाच हेर्न गएकी बालिकाको लखेटी-लखेटी बलात्कार, २ जना पक्राउ

ज्यान बचाउन भागेकी बालिकालाई ढुंगाले हानेर घाइते बनाएपछि बलात्कार


दैलेख – दैलेख तीज हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ मा साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकामाथि दुई युवकले लखेटीलखेटी बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार तिज हेरर ४/५ जना किशोरीको समूह घर फर्किँदै गरेको वेला गोविन्द र खगेन्द्रले पिछा गरे। पिछागरेको चाल पाएपछि संगैका किशोरीहरू भाग्न सफल भएर ती बालिकाहरूले ज्यान जोगाए। ज्यान जोगाएका किशोरीहरूले तत्कालै घरमा घटनाको बारेमा जानकारी दिएपछि अभिभावकहरु घटनास्थल पुगेका थिए।

ती बालिकालाई ढुंगाले हानेर घाइते बनाएर बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले बताएको छ ।

बालिकाको दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीको छ । पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन् ।

दुवै युवकमाथि जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया