सिभिल अस्पतालको कार्यकारी निर्देशक डा. रेग्मीको नियुक्ति प्रक्रिया विवादित, तत्काल निलम्बनको माग


काठमाडौं — निजामति कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल) भएको कार्यकारी निर्देशक नियुक्तिमा विवाद देखिएको छ ।

अस्पतालका कर्मचारीहरुले अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीको नियमविपरित नियुक्ति भएको निलम्बनको मागसहित उजुरी दिएका छन् ।

अस्पतालका केही कर्मचारीहरुले डा. रेग्मीको नियुक्तिविरुद्ध अख्तियारलगायतका विभिन्न निकायमा उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएको उजुरीअनुसार रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी प्राध्यापक रहेकै अवस्थामा सिभिलमा कार्यकारी निर्देशक भएको जनाउँदै उनको नियुक्ति नियमित विपरित भएको जनाउँदै छानबिन गरी तत्काल निलम्बनको माग समेत गरिएको छ ।

उजुरीमा रेग्मीले सिभिलमा कार्यकारी निर्देशकका लागि आवेदन दिँदा बीपी कोइराला स्वास्थ्य विज्ञानबाट विभागीय स्वीकृति नलिएको समेत दाबी गर्दै उनले सिभिलमा दिएको आवेदन नै गैरकानुनी भएको दाबी गरिएको छ ।

कर्मचारीहरुले प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साथै राष्ट्रिय सतर्कता केन्द्रमासमेत उजुरी दर्ता गराएका छन्।

उजुरीः

प्रतिक्रिया