पाेखराकाे लेकसाइडबाट शर्मिला वाइबा पक्राउ


काठमाडौं- आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा पोखराबाट प्रहरीले पक्राउ गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार वाइबा मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो।

‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको रहेछ,’ डीएसपी बस्नेतले भने, ‘उक्त पुर्जीका आधारमा उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।’

वाइबालाई थप अनुसन्धानका लागि म्याद लिइ काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया