
८ किलो सेतो हेरोइनसहित विमानस्थलबाट २ भारतीय पक्राउ
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सेतो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।
लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको उक्त परिमाणको सेतो हेरोइनसहित दुई भारतीय नागरिक नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल छन् ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । १७ साउनमा लाओसबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका फिरोजलाई ४ किलो सेता हेरोइनसहित ब्यूरोको टोलीले विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरेको थियो ।
यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
