ललितपुरमा पत्नी हत्या आरोपमा श्रीमान् पक्राउ


ललितपुर- ललितपुरमा एक महिलाको हत्या आरोपमा उनका श्रीमान् पक्राउ परेका छन्। श्रीमतीमाथि घरेलु हिंसापछि मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।

गोदावरी नगरपालिका–१४ ठैब बस्ने ४६ वर्षीय निरोजकुमार खड्कीले आफ्नी ३४ वर्षीया श्रीमती कमलामाया खड्कीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो। निरोजको स्थायी घर काठमाडौं चन्द्रागिरि नगरपालिका–८ मा पर्छ।

कमलामायाको मृत्यु कुटपिटकै कारण भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले निरोजलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया