
५ करोड हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ
काठमाडाैं- भैरहवामा सहकारीको ठूलो रकम हिनामिना गरेर फरार रहेका अशोक केसी तीन महिनापछि पक्राउ परेका छन्। केसी सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए।
उनले सहकारीका बचतकर्ताहरूको जम्मा ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यस प्रकरणपछि उनी गत वैशाख २० गतेदेखि फरार थिए।
प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार केसीलाई बुधबार रूपन्देही जिल्ला अदालतमा पेश गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले सो जानकारी दिएका हुन्।



कागजपत्र |
