
१२ करोडभन्दा बढी ठगी गर्ने सविन उप्रेती भक्तपुरबाट पक्राउ
काठमाडाैं- १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका ४२ वर्षीय सविन उप्रेती रहेका छन्।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोट क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उप्रेतीमाथि सहकारी ऐन अन्तर्गत ठगी गरेको अभियोग लागेकाे छ। अनुसन्धानमा उनले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारेर जम्मा १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
हाल उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।



कागजपत्र |
