
भारतको झारखण्डमा बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु
नयाँ दिल्ली – झारखण्डको देवघरमा बस र ट्रक ठोक्किँदा तीर्थयात्रीसहित छ जनाको मृत्यु भएको छ।
देवघरका सदर एसडीओ र अस्पतालका चिकित्सकले घटनाको पुष्टि गरेका छन्। दुर्घटनामा २४ जना घाइते भएका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
देवघरका सिभिल सर्जन युगल किशोर चौधरीले दुर्घटनामा ६ जना मृत्यु भएको पुष्टि गरेका छन्। अन्य गम्भीर घाइतेहरूलाई देवघरस्थित एम्समा रेफर गरिएको छ।
बस चालक निदाएका कारण दुर्घटना भएको बताइएको छ। मंगलबार बिहान चार-पाँच बजेको बीचमा दुर्घटनाको भएको प्रहरीले जनाएको छ।
देवघरबाट बासुकीनाथतर्फ तीर्थयात्री लिएर जाँदै गरेको बस अनियन्त्रणित हुँदै ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



कागजपत्र |
