टिकटकरबाट अभिनयमा आयुषसिंह ठकुरी, ‘राम नाम सत्य’बाट डेब्यु


काठमाडौं- टिकटकर आयुषसिंह ठकुरी अब फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ मार्फत उनले ठूलो पर्दामा पाइला राख्न लागेका हुन्। निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले ठकुरीसँग कागजी सम्झौता गरेका छन्।

निर्देशक चन्दका अनुसार ठकुरीलाई फिल्मको आवश्यकतालाई ध्यानमा राखेर एक्सन तालिम दिइँदैछ। “उनी अहिले अभिनय प्रशिक्षणमा पनि जुटेका छन्,” चन्दले बताए, “आयुष निकै मिहिनेत गरिरहेका छन्।”

साउन २९ गतेदेखि छायांकन सुरु हुने फिल्म एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रण हुनेछ। यस फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरी अनुबन्धित भइसकेका छन्। एकजना प्रमुख अभिनेत्रीको चयनपछि कलाकारहरूको लाइनअप पूरा हुने निर्माण पक्षले जनाएको छ।

उपेन्द्र शाही र श्वेता विमली मुख्य निर्माता हुन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय सह-निर्माताको भूमिकामा छन्। फिल्मको छायांकन संजय लामाले गर्नेछन र यसका दृश्यहरू चितवन र काठमाडौंमा खिचिनेछन्।

तेजविक्रम केसी फिल्मका हेड अफ प्रोडक्सन हुन् भने नविनजंग शाह प्रोडक्सन कन्ट्रोलरको भूमिकामा छन्। संगीत अर्जुन पोखरेल र बाबुल गिरीको रहनेछ। यो फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गरिनेछ।

प्रतिक्रिया