पैदलयात्रीलाई ठक्कर दिएर भागेको स्कोरपियो  र चालक प्रहरी नियन्त्रणमा


झापा – झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो साँझ मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो। इलामबाट चारआलीतर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कारपियोले एकजना पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सो स्कोरपियो र त्यसका चालक झापा हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृतकको अझै पहिचान खुलेको छैन। अन्दाजी ४५–४६ वर्षका ती पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया