
गर्भपतन, लिङ्ग परिवर्तन र समलिङ्गी विवाहबारे नागरिक समूहको विरोध
काठमाडौं- समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनजस्ता विषयविरुद्ध नागरिक समूहहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
‘नागरिक सरोकार नेपाल’, ‘क्राउन अफ ब्यूटी म्याटर्निटी होम’ र ‘मुद्दा पहिचान आन्दोलन परिचालन समिति’को संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनजस्ता विषयलाई सामाजिक विकृति भन्दै यस्ता कार्यहरू तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘सबैले जन्म लिन पाउनुपर्छ’, ‘गर्भपतन स्वास्थ्य हेरचाह होइन’, ‘समलिङ्गी आकर्षण विवाह होइन’, ‘हाम्रा बालबालिकालाई त्यसकार्यमा सहभागी नगराऔँ’ भन्ने नारासहित प्लेकार्ड बोकेका थिए।
यस्ता गतिविधिहरूले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ र बालबालिकामा भ्रम सिर्जना गरिरहेको उनीहरूको आरोप छ । त्यसैले यस्ता विषयमा सरकार र नीति निर्माताले गम्भीर समीक्षा गर्नुपर्ने उनीहरूको माग छ।



कागजपत्र |
