सिधाकुराकाे ‘डार्क फाइल’मा फेक अडियो उपलब्ध गराउने तिमिल्सिना पक्राउ


इटहरी- ‘सिधाकुरा अनलाइन’मार्फत प्रसारित चर्चित ‘डार्क फाइल’ प्रकरणमा फेक अडियो उपलब्ध गराएको अभियोगमा दोषी ठहर भएका राजकुमार तिमिल्सिना पक्राउ परेका छन्। सर्वोच्च अदालतबाट ६ महिनाको जेल सजाय सुनाइएका तिमिल्सिना आइतबार साँझ इलाका प्रहरी कार्यालय इटहरी परिसरबाटै पक्राउ परेका हुन्।

तिमिल्सिना आफ्नी श्रीमतीको मुद्दासम्बन्धी छलफल गर्न भन्दै प्रहरी कार्यालय प्रवेश गरेका थिए। तर, उनले अर्कै नाम र ठेगाना उल्लेख गरेपछि प्रहरीलाई शंका लागेको थियो। त्यसपछि उनीमाथि सोधपुछ गर्दै आवश्यक कागजपत्र माग्दा प्यान कार्डमार्फत उनको वास्तविक परिचय खुलेको हो।

इलाका प्रहरी कार्यालय इटहरीका नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार तिमिल्सिना पहिलेबाटै सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेका थिए र सजाय तोकिएको अवस्थामा उनी फरार रहेका थिए।

प्रहरीको उपस्थितिमा नै पक्राउ परेपछि उनलाई हिरासतमा राखिएको छ।

प्रतिक्रिया