कांग्रेसका ७ नेताको भेला सिंह निवास चाक्सीबारीमा


काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा ७ नेताहरूको छलफल सुरु भएको छ ।

बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला छन् ।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि बैठकमा सहभागी भएको सिंहको सचिवालयले जानकारी दिएको छ ।

यी सात नेताहरूको बैठक यसअघि श्रेष्ठ र कोइराला निवासमा बसिसकेको छ ।

प्रतिक्रिया