
भ्यानको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं – उदयपुरको त्रियुगा नगरपालिकामा विङ्गर भ्यानको ठक्करबाट आइतबार महिलाको मृत्यु भएको छ।
कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानले ठक्कर दिँदा त्रियुगा नगरपालिका-४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो । झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो।
ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएकोमा साँझ उपचारकै क्रममा मृत्यु भएको हो।



कागजपत्र |
