ओली–भण्डारी भेट सकारात्मक हुने नेता कर्ण थापाको अपेक्षा


काठमाडौं- नेकपा (एमाले) नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओली र भण्डारीबीचको छलफलपछि सुखद् समाचार सुन्न सकिने अपेक्षा व्यक्त गरे।

‘पार्टीभित्र धेरै विवाद छ र समाधान सम्भव छैन भन्ने भ्रम फैलाइएको छ,’ उनले भने, ‘तर त्यस्तो अवस्था छैन।’

थापाका अनुसार हालै सम्पन्न पोलिटब्युरो बैठकमा पनि नेताहरूले अध्यक्ष ओली र भण्डारीबीच छलफल गरी पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा सहभागिता हुने नहुनेबारे स्पष्ट निकास दिनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया