किशोरीको डिम्ब कारोबार प्रकरणमा दुई फर्टिलिटी सेन्टरमाथि छानबिन सुरु


काठमाडौं — १८ वर्षमुनिका किशोरीबाट डिम्ब संकलन गरी कारोबार गरेको प्रकरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका दुई फर्टिलिटी सेन्टरमाथि छानबिन सुरु गरेको छ।

होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्राली र एन्जल फर्टिलिटी क्लिनिकविरुद्ध उजुरी परेपछि मन्त्रालयले डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

यसअघि प्रहरीले होप फर्टिलिटीका पाँच जनालाई पक्राउ गरे पनि अदालतको आदेशमा हाजिर जमानतमा रिहा गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार किशोरीहरूलाई १० दिनसम्म इन्जेक्सन लगाएर डिम्ब निकाल्ने र १०–१५ हजार रुपैयाँ दिने गरिएको थियो। अनुसन्धान अझै जारी रहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया