मदिरा पिएर बसेका दुई समूहबीच झडप, एकको मृत्यु, ६ पक्राउ


काठमाडौं- जाजरकोटको बारेकोट गाउँपालिका-२ लिम्सामा मदिरा पिएर बसेका दुई समूहबीच झडप भएको छ ।

उक्त झडपमा परी एक जनाको मृत्यु र दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा ३५ वर्षीय नरेश रावल रहेका छन्। उनी जिल्लाको नलगाड नगरपालिका-४ का हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले घटनामा संलग्न आरोपमा छ जनालाई पक्राउ गरिएको बताए। उनीहरूमाथि अनुसन्धान भइरहेको थापाको भनाइ छ।

 

प्रतिक्रिया