उपचारका लागि गएकी वृद्धा अस्पतालको कुनामा मृत फेला


कैलाली – उपचारका लागि टीकापुर अस्पताल गएकी एक वृद्धा अस्पतालको कुनामा मृत अवस्थामा फेला परेकी छिन्।

टीकापुर नगरपालिका–१ जमराटोल निवासी ८८ वर्षीया हिरादेवी धामी आइतबार बिहान टीकापुर अस्पतालको दक्षिणपूर्वी कुनामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

शनिबार दिउँसो बुहारीसँगै अस्पताल गएकी धामी त्यसपछि हराइरहेकी थिइन्। खोजतलासका क्रममा आइतबार बिहान १० बजेतिर अस्पतालकै कुनामा मृत भेटिएको प्रहरीले जनाएको छ।

धामीको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको र प्रारम्भिक अनुमानमा मृत्यु स्वाभाविक जस्तो देखिए पनि कारण पत्ता लगाउन शवलाई टीकापुर अस्पतालमै परीक्षणका लागि राखिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराज बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया