रामेछापमा महिलामाथि खुकुरी प्रहार


रामेछाप –  रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही स्थानकी २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन्।

प्रहारबाट गम्भीर घाइते भएकी एलिसालाई तत्काल उद्धार गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार वर्षाका कारण सडक अबरुद्ध भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको हो।

रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए र उनको अवस्था अहिले नाजुक रहेको जनाइएको छ। घटनापछि फरार रहेका रजिनलाई उमाकुण्डकै भुजी भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रामेछापका प्रहरी प्रमुख भोला भट्टका अनुसार घटनाको कारण अझै स्पष्ट नभएको र अनुसन्धान प्रक्रिया प्रारम्भ गरिएको छ। ‘अहिले पक्राउ गरेर जिल्ला ल्याएका छौं, विस्तृत अनुसन्धान हुँदैछ,’ भट्टले भने।

 

प्रतिक्रिया