एक लाख घुससहित पक्राउ परे कल्याणपुरका मेयर


सिरहा- विकास योजनाको काम दिएबापत घुस मागेको १ लाख रकमसहित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारका अनुसार मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग कमिसन मागेका थिए।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेका थिए।

सोही उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो ।

उनका अनुसार पक्राउ परेका मेयरमाथि थप अनुसन्धान अगाडि बढाइने छ।

 

 

प्रतिक्रिया