संखुवासभामा बस दुर्घटना, ३२ घाइते, १३ को अवस्था गम्भीर, बस चालक र सहचाकल फरार


संखुवासभा – धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया