तीन गीतविरुद्ध साइबर ब्युरोमा उजुरी, सामाजिक सद्भाव भड्काएको आरोप


काठमाडौं — सामाजिक सद्भाव भड्काउने भन्दै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीन वटा गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। उजुरीमा गीतमा देखिएको सामग्रीले विकृति र अश्लीलता फैलाएको भन्दै कानुनी कारबाहीको माग गरिएको छ।

उजुरीमा समावेश गीतहरूमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर रहेको ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वर रहेको ‘सल्ला दमारमा’ र रामजी खाँण तथा शान्तिश्री परियारको स्वर रहेको ‘लुकी लुकी’ छन्।

आइतबार अपराह्न संस्थाका पदाधिकारीहरू साइबर ब्युरोको कार्यालय पुगेर औपचारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउ तथा प्रस्तुतिले सामाजिक सद्भाव भड्काएको दाबी गरिएको छ।

संस्थाले यस्ता विकृति र अश्लीलता फैलाउने गीतहरूलाई तत्काल नियन्त्रण गर्न माग गर्दै उजुरी दिएको हो।

यसअघि शुक्रबार संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटी ती गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र पनि बुझाएको थियो।

 

 

प्रतिक्रिया