कैलाली कारागारभित्र कुटाकुट


धनगढी – कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनापछि प्रमुख जिला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारागार पुगेका छन् ।

एक जना कैदीले मुल नाइकेलाई कुटपिट गरेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार एक जना कैदीको नाकमा चोट लागेको छ । घटनापछि कैदीबन्दीले होहल्ला गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी हमाल र जिल्ला प्रहरी प्रमुख कारागार पुगेका हुन्  ।

प्रहरी उपरीक्षक राणाले आफूहरु गएर कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको बताए । जिल्ला कारागारमा यस्ता घटनाहरु बारम्बार हुने गरेका छन्  ।

प्रतिक्रिया